नियम ११४
सुरु सदर फैसला वा अन्तिम आदेशको ढाँचा
(१) पुनरावेदन तहमा फैसला गर्दा शुरु तहको अदालतले फैसला गर्दा लिइएको आधार र कारण मनासिब देखिई प्रत्यर्थी झिकाउने आदेश नभई फैसला सदर हुने ठहरी फैसला भएकोमा इजलासले उपयुक्त देखेमा अनुसूची-७ बमोजिमको ढाँचामा फैसला वा अन्तिम आदेश तयार गर्न सक्नेछ ।

तर यो व्यवस्थाले मुलुकी देवानी कार्य्विधि (संहिता) ऐन २०७४ को अनुसूची- २३ र मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन २०७४ को अनुसूची-४७ बमोजिमको ढाँचामा फैसला तयार गर्न रोक लगाएको मानिने छैन।

(२) निवेदनमा भएको अन्तिम आदेश अनुसूची-८ बमोजिमको ढाँचामा लेख्नु पर्नेछ।